Tuesday, June 13, 2023

मुक्तक

 आँसु नै त हुन् नि गहभित्रै भिजेका पनि आँखिर

शब्द नै त हुन् नि कण्ठमै अड्केका पनि आँखिर 

किन कोही बुझ्दैनन्, कोही बुझ्नै चाहँदैनन्,

मान्छे नै त हुन् नि फुटपाथमा सुतेका पनि आँखिर  

गजल

उठेथ्यो भोकको ज्वाला त्यसै छोपेर सुस्तायो

खुला आकाशको च्यादर त्यही ओढेर सुस्तायो ।

सधैं मजदूरी हो उसको सनातन धर्म, संस्कृति

कहाँ गै गर्नु मजदूरी यही सोचेर सुस्तायो ।

कुनामा सर्वहारा देवताको मूर्तिसामु गै

गुनासा, पीर जे जे छन् सबै पोखेर सुस्तायो ।

अझै जगमा अँध्यारोको उही साम्राज्य कायम छ

उज्यालो भोलिका सपना भने कोरेर सुस्तायो ।

कथा लेख्छु सुदामाsको भनी भन्दै थियो कृष्ण

परंतु तप्त आँसुमा कलम चोबेर सुस्तायो ।

मुक्तक

 गल्ती गर्नु जरुरी छ र दण्डित हुनका लागि ?

चोट लाग्नु जरुरी छ र हृदय रुनका लागि ?

मौनताले छोपेर के भो घाउ स्वयम् बोल्न थाले,

प्रेमभन्दा कुन जल छ र मनको दाग धुनका लागि ??

गजल

उठेथ्यो भोकको ज्वाला त्यसै छोपेर सुस्तायो

खुला आकाशको च्यादर त्यही ओढेर सुस्तायो ।

सधैं मजदूरी हो उसको सनातन धर्म, संस्कृति

कहाँ गै गर्नु मजदूरी यही सोचेर सुस्तायो ।

कुनामा सर्वहारा देवताको मूर्तिसामु गै

गुनासा, पीर जे जे छन् सबै पोखेर सुस्तायो ।

अझै जगमा अँध्यारोको उही साम्राज्य कायम छ

उज्यालो भोलिका सपना भने कोरेर सुस्तायो ।

कथा लेख्छु सुदामाsको भनी भन्दै थियो कृष्ण

परंतु तप्त आँसुमा कलम चोबेर सुस्तायो ।

Monday, June 12, 2023

कविता: खोजेमा किनारा मिल्छ

टुटेको ताराले उज्यालो दिए पनि कति देला ?

झरेको फूलमा सुवास  भए पनि कति होला ?

जसको लक्ष्य नै छैन त्यो डुङ्गा आँखिर डुब्छ 

अदृश्य यदि भए पनि खोजेमा किनारा मिल्छ 

दृढ संकल्प भए सारा बाधा तर्न सकिन्छ 

अनुशरण गरेर पनि अगाडि सर्न सकिन्छ 

भन्दछन् यस लोकमा अप्राप्य केही पनि छैन

तर संघर्षको भने विकल्प केही पनि छैन

सच्चा अठोट लिई हिंडेमा मन दिग्भ्रमित हुँदैन   

दधीचिको तपश्या कहिल्यै इन्द्रद्वारा भंग हुँदैन

सुमार्ग रोजी निरन्तर जो उन्नति पथमा हिंड्छ 

सफलताले हाँसी हाँसी उसलाई अँगाल्दछ 

आत्मा मनको वशमा भए त्यसको गति के होला 

चरित्रमा दाग लागे त्यसको मूल्य के रहला  

जसको आधार नै छैन त्यो सहारा के देला

प्रतिभाहीन व्यक्तिले राष्ट्रलाई के देला ?